सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर बाँडफाँड

३० साउन, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर बाँडफाँड सम्पन्न भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आज (असार ३० गते शनिबार) आईपिओ बाँडफाँड गरेको हो ।

क्यापिटलकाे अनुसार कम्पनीको आईपिओमा कुल २४ लाख १९ हजार ८ सय ४८ वटा आवेदन मध्ये १ लाख ०६ हजार २ सय ९२ आवेदन रद्ध भएकाे छ ।

रद्द भएपछि बाँकि रहेका २३ लाख ०८ हजार १ सय २२ वटा मध्येबाट ५ लाख ४० हजार जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् ।

इन्स्योरेन्सले २० गतेबाट कूल ६० लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको थियाे ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment