तालिबान समूहलाई संयुक्त राष्ट्रसङ्घीय महासचिवको आग्रह

२९ श्रावण, एजेन्सी । संयुक्त राष्टसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको तालिबान समूहलाई अफगानिस्तानका सरकारी कार्यालय कब्जा गर्ने कार्यलाई तत्कालै बन्द गर्न आग्रह गर्नुभएको छ ।

उहाँले आफ्ना सशस्त्र विद्रोही लडाकूलाई आदेश दिई हाल अफगानिस्तानमा जारी रहेको सशस्त्र विद्रोहको काम फिर्ता गर्न लगाउन तालिबान लडाकू समूहलाई भन्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “हालका लागि यो कार्यलाई रोकेर शान्तिपूर्णरुपमा आफ्ना काम गर्न र आफ्ना कुरा राख्न हामी आग्रह गर्दछौँ ।”

उहाँले अफगानिस्तानको तालिबान समूहलाई शान्तिपूर्णरुपमा आफ्ना माग राख्न आग्रह गर्दै वार्ताको टेबलमा बस्न पनि आग्रह गर्नुभएको छ ।

हाल तालिबानले अफगानिस्तानमा एकपछि अर्काे कार्यालय कब्जा गरिरहेको बताएका छन् । हाल अमेरिकाको नेतृत्वमा रहेको नेटो सैनिक र अमेरिकी सैनिक अफगानिस्तानबाट फर्कि सकेको छ ।

विदेशी सैनिक फर्किएलगतै तालिबान लडाकूले अफगानिस्तान कब्जा गर्नेगरी कार्यक्रम अघि सारेका छन् र उनीहरु एकपछि अर्काे गरेर अघि बढ्दैछन् ।

जसका कारण अफगानिस्तानमा हिंसा भइरहेको छ । तालिबानले शहर कब्जा गर्न सशस्त्र विद्रोह गरिरहेका छन् भने अफगानिस्ताको सेनाले तालिबानका विरुद्ध कारबाही पनि जारी राखेको छ ।

जसका कारण पछिल्ला दुई हप्ता यतामात्र अफगानिस्तानबाट दुई लाखभन्दा बढी व्यक्ति घरबास छोडेर भागेका छन् भने कैयौँ सर्वसाधारण नागरिक सरकारी सेना र तालिबानी लडाकूको भिडन्तमा परेर मारिएका पनि छन् ।

महासचिव गुटर्रेसले बलपूर्वक गरिएका कुनै पनि कार्यको सट्टामा शान्तिपूर्णरुपमा वार्ताको टेबलमा बसेर सबै कुरा गर्न आग्रह गर्नुभएको हो ।

उहाँले वार्ताका लागि तालिबान लडाकूको समूहलाई पनि शान्तिपूर्ण वार्ताको टेबलमा बस्न आग्रह गर्नुभएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Afginasthandigital khabarNewsPoliticTalibanUnited Nation
Comments (0)
Add Comment