फेसियल हाउसले नागपञ्चमी थिममा फोटो शुट

२९ साउन, काठमाडौं । फेसियल हाउस हेयर सैलुनहरूमध्ये नेपालकै नम्बर १ ब्राण्डका रूपमा स्थापित छ । यो सँगसँगै फेसियल हाउसले मोडलिङ क्षेत्रमा पनि आफ्नो वर्चश्व कायम गर्दै आएको छ ।

फेसियल हाउसले हालसम्म नेपालकै ठूलो फेसन सो ‘फेसन ट्रेड सिजन–३’ आयोजना गरिसकेको छ । साथै नेपालमा हुने चाडपर्वलाई विशेष महत्व प्रदान गर्दै आएको फेसियल हाउसले विभिन्न चाडपर्वहरूलाई लक्षित गरी ‘फोटो शुट’ समेत गर्दै आएको छ ।

यसै सन्दर्भमा नागपञ्चमीमा गरिने धार्मिक एवं सांस्कृतिक महत्वको झल्को दिन यस प्रकारको फोटो शुट गरेको छ । यस प्रकारको कामले नेपालीहरूले भुल्दै गएको संकृतिलाई जगाईराख्ने फेसियल हाउसकी प्रवन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा बताउँछिन् ।

यसै अन्तर्गत फेसियल हाउसले नागपञ्चमी थिममा फोटो शुट गरेको छ । नागहरूको बस्ती रहेको विश्वास गरिने पोखरी टौदहलार्ई लोकेशन बनाएर गरिएको फोटो शुटमा मोडेलको रूपमा सुशीला थापा छिन् भने फोटोग्राफी फोटो ग्राफर कुबेर डङ्गोलले गरेका छन् । त्यस्तै डे«स डिजाइन कुसुम बुटिक र गहनामा हुन्छ डटकमले गरेको फेसियल हाउसले बताएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabarentertainmenthealthLockdownNagNag PanchamiPhoto ShootPolitictechnology
Comments (0)
Add Comment