सोनमको पारिश्रमिक ११ रुपैंयाँ !

२६ साउन, मुम्बई(एजेन्सी) । प्रायः कलाकारहरु आफ्नो पारिश्रमिकलाई लिएर चर्चाको विषय बनिरहन्छन् । कैयौंपटक आफूले भने जति पारिश्रमिक नपाउदा कैयौं कलाकारले फिल्मसम्म छोडेका छन् । तर अभिनेत्री सोनम कपूरले भने यसो गरिनन् ।

फिल्म निर्माता तथा निर्देशक राकेश ओमप्रकाश मेहराले आफ्नो अटोबायोग्राफी ‘द स्ट्रेन्जर इन द मिरर’मा सोनम कपुरलाई लिएर एक अनौठो कुराको खुलासा गरेका छन् ।

राकेशले पुस्तकमा फिल्म ‘भाग मिल्खा भाग’मा सोनमको पारिश्रमिकलाई लिएर एउटा अनौठो दाबी गरेका छन् । उनका अनुसार फिल्ममा बीरोको भूमिका बारे थाहा पाएपछि अभिनेत्रीले फिल्मका लागि सहमति जनाएकी थिइन् । फिल्ममा सोनमको भूमिका धेरै थिएन । तर उनको उपस्थितिको तारिफ भएको थियो ।

राकेशका अनुसार सोनमले फिल्मका लागि केवल ११ रुपैंयाँ पारिश्रमिक लिएकी थिइन् । सोनमले ११ रुपैंयाँ लिनुको पछाडि आफूहरुको पुरानो यात्रा रहेको उल्लेख गरेकी छन् । उनले राकेशसँग यसअघि फिल्म ‘दिल्ली ६’मा काम गरेकी थिइन् ।

सोनमका अनुसार उनले फिल्मको सुटिङ केवल ७ दिनमै पुरा गरेकी थिइन् । जसमा उनी दुई गीत ‘मेरा यार’ र ‘ओ रंगरेज’मा देखिएकी छन् ।



मल्टिमिडिया ग्यालरी

BollywoodbusinessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsNews businessSonam Kapoor
Comments (0)
Add Comment