यसवर्षकाे सर्वाधिक कमाउने हलिउड फिल्म बन्यो ‘ब्ल्याक विडो’

२५ साउन, न्यूयोर्क । बक्क्सअफिसमा हलिउड सुपरहिरोइन फिल्म ‘ब्ल्याक विडो’ले अर्को बिगबजेट फिल्म ‘एफ नाइन’को ग्रस कमाइलाई उछिनेको छ ।

स्कारलेट जोहान्सन स्टारर फिल्मले १७४ मिलियन डलर कमाएको छ भने भिन डिजेल स्टारर ‘एफ-नाइन’ले १७१ मिलियन डलर कमाइ गरेको छ । यो सँगै ब्ल्याक विडो सन् २०२१ मा सर्वाधिक ग्रस कमाउने हलिउड फिल्म बनेको छ ।

केट सट्ल्यान्ड निर्देशित ‘ब्ल्याक विडो’ले सिनेमा घरमा पहिलो सप्ताहन्त ८०.३ मिलियन डलर कमाएको थियो जुन महामारीपछिकै सर्वाधिक हलिउड कमाइ हो ।

‘ब्ल्याक विडो’ फिल्म हल र डिज्नको स्ट्रिमिङ प्लेटफर्ममा एकसाथ रिलिज भएको थियो । आगामी डिसेम्बर मध्यमा रिलिज तयारीमा रहेको ‘स्पाइडर म्यान : नो वे होम’ले सम्भवतः ब्ल्याक विडोलाई चुनौति दिने अनुमान छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19digital khabarhealthLockdownnepalNews
Comments (0)
Add Comment