काठमाडौंका १४४ केन्द्रबाट आज एस्ट्राजेनेका खोप लगाईदै

२५ श्रावण, काठमाडौं । कोभिडविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई आजदेखि दोस्रो मात्रा दिइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले एस्ट्राजेनेका खोप लगाउनका लागि काठमाडौंमा १४४ केन्द्र तोकेको हो ।

यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइने कार्यालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई खोप प्रदान गरिने र अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरुलाई कानुनबमोजिम कारबाही गर्ने कार्यालयले दिएको चेतावनी छ ।



मल्टिमिडिया ग्यालरी

Covid-19healthLockdown
Comments (0)
Add Comment