मेस्सीलाई पीएसजीद्वारा २ वर्षे सम्झौताको प्रस्ताव

२५ श्रावण, एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लियोनल मेस्सीलाई २ वर्षको सम्झौता गर्न औपचारिक प्रस्ताव गरेको छ ।

लिग वान क्लबले आइतबार मेस्सीलाई दुई वर्षको सम्झौताका लागि प्रस्ताव गरेको स्काई स्पोर्ट्सले जनाएको छ ।

Ads by AdMana.net
पीएसजीले मेस्सीलाई कर काटेर वार्षिक २५ मिलियन पाउण्डको प्रस्ताव गरेको समेत स्काई स्पोर्ट्सले जनाएको छ ।

स्काई स्पोर्ट्सले मेस्सीको प्रतिनिधिले पीएसजीको प्रस्तावमा समिक्षा गरिरहेको समेत जनाएको छ ।

६ पटकको बालोन डी ओर विजेता मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेका छन् ।

बार्सिलोनाको एकेडेमीमा हुर्किएका मेस्सी ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा क्लबसँग सम्झौता नवीकरण गर्न असफल भएका थिए ।

३४ वर्षीय मेस्सी अब फ्री ट्रान्सफरमा अन्य क्लब जानेछन् । मेस्सी अनुबन्धको लागि पीएसजीले निकै प्रयास गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarfootballhealthmessiNewspsgtechnology
Comments (0)
Add Comment