कक्षा १२ को परीक्षा स्थगित गर्न सरकारलाई सुझाव

२३ श्रावण, काठमाडौं । नेपाली काँग्रेसका युवा नेताहरूले कक्षा १२ को परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँगको छलफलमा काँग्रेसका ८ जना केन्द्रीय सदस्यहरूले परीक्षा स्थगित मात्र नभई विकल्पसहित निर्णय गर्न सुझाव दिएको बताएका हुन्।

स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न गरेको सिफारिसका सन्दर्भमा स्थगित मात्र होइन बिद्यार्थीलाई अलमलमा नपार्नेगरी विकल्प सहित निर्णय गर्न आग्रह गरेका छौं भन्नुभयाे ।

काँग्रेसका केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, रामकृष्ण यादव, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे र जीवन परियारले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका थिए। संयुक्त रूपमा बधाई दिन बालुवाटार पुगेका उनीहरूलाई प्रधानमन्त्रीले सरकारको कामबारे सल्लाह सुझाव दिन आग्रह गरेका थिए।

सोही क्रममा पूर्वस्वास्थ्यमन्त्री तथा सांसद गगन थापाले कक्षा १२ का विद्यार्थी अलमलमा नपर्ने गरी विकल्प खोज्न सरकारलाई सुझाव दिए।

स्थ्य मन्त्रालयले यही साउन ३१ गतेदेखि सञ्चालन गर्ने भनिएको कक्षा १२ को परीक्षा स्थगित गर्न सरकारलाई शुक्रवार नै सिफारिस गरिसकेको छ। यसै सन्दर्भमा नेता थापाले भने, ‘स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न गरेको सिफारिसका सन्दर्भमा स्थगित मात्र होइन विद्यार्थीलाई अलमलमा नपार्ने गरी विकल्पसहित निर्णय गर्न आग्रह गरेका छौं।’

आफूहरूको सुझावपछि प्रधानमन्त्री देउवाले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी निर्णय गर्ने बताएको थापाको भनाइ छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessclass 12CoronavirusCovid-19digital khabareducationExamhealthLockdownnepalNewsSEEtechnology
Comments (0)
Add Comment