वायुसेवा निगम कर्मचारीहरुले प्रधानमन्त्रीलाई बुझाए ज्ञापन पत्र

२१ श्रावण, काठमाडौं । नेपल वायुसेवा निगम कर्मचारीहरुले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । निगमलाई निजिकरण गर्ने निर्णयको विरुद्धमा कर्मचारीहरुले प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका हुन् ।

प्रधानमन्त्री देउवालाई टेड्र युनियान कांग्रेस समिती, पेशागत महासंघ नेपाल, नेपाल राष्ट्रिय कर्मचरी संगठन, नेपाल वायु सेवा निगम कर्मचारीलगायतका संगठनहरुले चार बुद्धे ध्यानकर्षण गराउदै ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा कर्मचारीहरुले महाप्रबन्धलाई तत्काल वर्खास्त गर्नुपर्ने, निगम महाप्रबन्धकको ३०० प्रतिशत अस्वाभाविक तलव बृद्धि खारेज गर्नुपर्ने, संञ्चालक समितीमा निगमको ब्यावसायिक स्वार्थ बाझिने संस्थासंग आवद्ध ब्याक्तिको नियुक्ति खरेज गर्नुपने र निगमलाई निजीकरण गर्ने निर्णय खारेज गर्नुपर्ने मागहरु राखेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment