पार्टीको नाममा अवैधानिक बैठक नबोलाउन नेपाल समूहलाई एमालेको चेतावनी

२१ श्रावण, काठमाडौँ । नेकपा एमालेले पार्टीको नामबाट कुनै पनि अवैधानिक गतिविधि नगर्न माधव कुमार नेपाल समूहलाई चेतावनी दिएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार विज्ञप्ति जारी गर्दै एमालेको नामबाट पटक पटक संविधान, प्रचलित कानुन र पार्टी विधान विपरीतका बैठक बोलाउन र अनधिकृत गतिविधि नगर्न अपिल गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘श्रावण २१ गते एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको सबैमा जानकारी गराउँदछु, पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरीत हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्यकताहरुमा अपिल गर्दछ ।’

एमालेको माधव कुमार नेपाल पक्षले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ । नेपाल पक्षले बैठक आह्वान गरेपछि उक्त गतिविधि विधान विपरीत भएको भन्दै एमाले केन्द्रीय कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएको छ ।

नेपाल पक्षले सरकारमा सहभागी हुने नहुनेबारे छलफल गर्न बैठक बोलाएको हो । नेपाल पक्षको निर्णयपछि मात्रै प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । नेपाल पक्षका केही सांसदहरूले भने सरकारमा जान माधव नेपाललाई दबाब दिइरहेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment