गोकर्णेश्वर नगरपालिका वडा नं १ का कृषकहरुलाइ कुखुराको चल्ला वितरण

२० श्रावण, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले बिपन्न बर्गका लागि आय-आर्जन गर्न प्रेरित गर्ने उदेश्यका साथ् बस्तुगत टेवा अन्तर्गत कुखुराको चल्ला वितरण कार्यक्रम सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं १ का बिकट गाउँ बस्तीहरु चिलाउने, ओख्रेनी, मुलखर्कका करिब १५० घर परिवारका महिला दिदी बहिनीहरुलाइ आय आर्जन गर्न प्रेरित गर्ने उदेश्यका साथ बस्तुगत टेवा कार्यक्रम अन्तर्गत करिब २२६० वटा कुखुराको चल्लाहरु नगर प्रमुख सन्तोष चालिसेको उपस्थितिमा वितरण गरिएको हो ।

नगरपालिकाको पर्यटकीय क्षेत्र समेत रहेको चिलाउने, ओख्रेनी, मुलखर्कमा होम स्टे संचालनमा जोड दिदै आएको नगरपालिकाले उक्त क्षेत्रका स्थानीयको जीवनस्तर उकास्न बिभिन्न कार्यक्रम गर्दै आएको छ । उक्त कार्यक्रमले वडावासीको आर्थिक अवस्थामा सुधार ल्याउन केही सहयोग पुग्ने विश्वास गरिएको वडाअध्यक्ष राम मानन्धरको भनाइ रहेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarGokarneshworhealthLockdownnepalNewstechnology
Comments (0)
Add Comment