सदरमुकाम चैनपुर जोड्ने सडकखण्ड अवरुद्ध

२० साउन, बझाङ । गए राति बाहुलीखोलामा आएको बाढीका कारण सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडकखण्ड अवरुद्ध भएको छ । सदरमुकामबाट सुर्मा गाउँपालिकालाई जोड्ने उक्त सडकखण्ड बाहुलीखोलामा आएको बाढीले बगाएपछि अवरुद्ध बनेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल चौधरीका अनुसार प्रहरी टोली पहिरो गएको स्थानमा गएको र अहिले टोली सोही ठाउँमा नपुगेका कारण क्षतिको विवरण आउन बाँकी रहेको छ ।

वर्षायाम भएकाले जिल्लाका दर्जनौँ गाउँ पहिराको उच्च जोखिममा रहेकाले सबैलाई सतर्क रहनसमेत चौधरीले आग्रह गर्नुभयो । सोही पहिराका कारण सुर्मा–२ को सेनडोगडी विद्युत् प्रालिको पावरहाउस पनि जोखिममा छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment