रक्षामन्त्रीको घरमा आक्रमण, चार जनाको मृत्यु

२० श्रावण, अफगानिस्तान । अफगानिस्तानका रक्षामन्त्री बिसमिल्लाह खानको घरमा बन्धुकधारीहरुले आक्रमण गरेका छन्। मंगलवार राति भएको कार बम तथा गोली आक्रमणमा परी ४ जनाको मृत्यु भएको समाचारहरुमा उल्लेख छ।

घटना भएको समयमा रक्षामन्त्री खान भने घरमा नरहेको जनाइएको छ। घटनापछि उनको परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको समाचारमा उल्लेख छ।

घटनामा केही आक्रमणकारीको मृत्यु भएको छ भने ११ जना घाइते भएको समाचारमा उल्लेख छ।

पछिल्लो समय अफगानिस्तानका विभिन्न सहरमा यस्ता खाले आक्रमण बढ्दै गएको छ। यस्ता घटनामा तालिवानी फोर्सको संलग्नता रहेको अनुमान अफगान सरकारले गरेको ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment