भूमी आयोग खारेज, शिक्षक सेवा आयोगमा नियुक्ति

२० श्रावण, काठमाडौं । सरकारले भूमी सम्बन्धी आयोग खारेजको निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले त्यस्तो निर्णय गरेको हो ।

आयोगका पदाधिकारी मात्र नहटाई सरकारले आयोग नै खारेज गर्नुलाई अर्थपूर्ण मानिएको छ । खारेज गरिएको भूमि आयोगका अध्यक्षमा देवी ज्ञवाली थिए । उनी नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयरका प्रत्याशी भई रेनु दाहालसँग पराजित भएका थिए ।

यसैगरी, मन्त्रिपरिषद्को नियमित बैठकले शिक्षा सेवा आयोगको अध्यषमा मधु प्रसाद रेग्मीलाई नियुक्त गरेको छ । सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जन छन् ।-

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`
RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment