टोकियो ओलम्पिक : ब्राजिल पुरुष फुटबलको फाइनलमा प्रवेश

१९ साउन, एजेन्सी । जापानमा जारी टोकियो ओलम्पिक अन्तर्गत फुटबलको सेमिफाइनल खेलमा विजयी हुदै ब्राजिलको यू-२३ टिम फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो सेमिफाइनलमा मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४-१ गोल अन्तरले पराजित गर्दै ब्राजिल स्वर्ण नजिक पुगेको हो।


खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको हो । पेनाल्टीमा ब्राजिलले बाजी मार्यो ।

पेनाल्टीमा ब्राजिलका डानी अल्भेस,गाब्रियल मार्टीनेली,ब्रुनो गुइमारेस र रेइनिरीले गोल गरे ।

मेक्सिकोका कार्लोस रोड्रिगेजले गोल गर्दा जोहान भास्केज र इडुवार्डो अग्युइरीले गोल गर्न सकेनन् ।

ब्राजिलले अब स्वर्ण पदकको लागि जापान र स्पेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessdigital khabargamenepalolympicsPoliticsports
Comments (0)
Add Comment