हेलम्बु र मेलम्ची बजारलाई बगर बनाउने भीमथाङ पहिरो भौगर्भिक अध्ययनका लागि टोली खटाइयो (फोटो फिचर)

१९ श्रावण, हेलम्बु हेलम्बुको भीमथाङ पहिरो गएर नदी थुनिएको कारणले मेलम्ची खोलामा बाढी आएको हेलम्बु गाउँपालिकाले आँकलन गरेको छ। मेलम्ची खोला उर्लिएपछि मेलम्ची नदीमा शनिबार रातिदेखि निरन्तर बाढी आएको छ।

बाढी आउँदा रेडियो मेलम्चीको भवनसहित हेलम्बु र मेलम्ची बजारका १५ वटा घर बगाएको छ। गत असार एक गते मध्यरातमा मेलम्ची उर्लिँदा भीषण बाढी र पहिरोले जोखिममा परेका हेलम्बुका घर रातिको बाढीले बगाएको जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए।

मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययनका लागि सरकारले टोली खटाउने भएको छ। पछिल्लो समय मुलुकभर परेको अविरल वर्षासँगै मेलम्ची क्षेत्रमा सुख्खा पहिरो जाने, लेदो बग्ने खतरा बढेपछि सरकारले उक्त क्षेत्रको भौगर्भिक अध्ययनका लागि टोली खटाएको हो।

पहिलो चरणको प्रारम्भिक अध्ययन गरेर फर्केको उक्त टोली विस्तृत अध्ययनका लागि भोलि मेलम्ची जाने कार्यक्रम रहेको छ। खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेलले मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययनका लागि सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट तीनजना तथा खानी तथा भूगर्भ विभागबाट दुईजनाको भूगर्भविद्को टोली खटाइएको जानकारी दिए।

असार १ गते आएको बाढीले रेडियोको भवनमा क्षति पुर्‍याएको थियो। तीन तलाको भवन त्यतिबेला दुई तला डुबानमा परेको थियो, गएरातीको बाढीले पूरै भवन नै बगाएको खनालले बताए। उनका अनुसार बाढीले रेडियोको भवनसहित ७ वटा पक्की र ६ वटा कच्ची गरी १३ वटा घर बगाएको छ।

हेलम्बु गाउँपालिकाको नाकोते क्षेत्रमा पहिरो गएर नदी थुनिएको कारण बाढी आएको हुनसक्ने अनुमान गरि पनि कुन ठाउँमा पहिरो गएको भन्ने यकिन हुन सकेको छैन।

बाढीले हेलम्बु र मेलम्ची जोड्ने चनौटेमाथिको रातो पुल बगाएको छ। चनौटेस्थित रातोपुल बाढीले बगाएपछि मेलम्ची बजार र हेलम्बु गाउँपालिको सडक सञ्जाल टुटेको छ। मेलम्ची नगरपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बु गाउँपालिकाका धेरै वडा जोड्ने एक मात्र विकल्पको पुल गएराति देखि उर्लिएको बाढीले बगाएको हो।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आइतबार बिहान हेलिकोप्टरबाट गरेको निरीक्षण पश्चात भीमाथाङमा पहिरो गएर मेलम्ची थुनिएपछि बाढी आएको अनुमान गरिएकाे हाे ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi Pahirodigital khabarfloodhelambuLockdownmelamchiSindhupalchowk
Comments (0)
Add Comment