भूमाफियाले हडपेको सार्वजनिक जग्गामा उद्यान बनाइँदै

१९ साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिका–११ वसन्तनगरस्थित किङ्स कलेजसँगैको दुई रोपनी १४ आना सार्वजनिक जग्गामा उद्यान निर्माण गरिने भएको छ ।व्यवसायी दीपक मल्होत्राले अतिक्रमण गरी संरचना बनाएर हडपेको यो जग्गा वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको नेतृत्वमा वडाका जनप्रतिनिधिसमेतको सक्रियतामा खाली गरिएको थियो ।

सार्वजनिक जग्गा खाली गरेसँगै उद्यान निर्माणका लागि जग्गा सम्याउन थालिएको छ । व्यक्तिले हडपेको सार्वजनिक जग्गालाई फेरि सार्वजनिक स्वामित्वमा ल्याएर उद्यान निर्माण गर्न लागिएको ११ नं वडाध्यक्ष हीरालाल तण्डुकारले जानकारी दिनुभयो ।

उक्त सार्वजनिक जग्गा आजदेखि सम्याउन शुरु गरिएको पनि उहाँले सुनाउनुभयो । स्थानीयवासी लाभान्वित हुने गरी त्यस क्षेत्रमा उद्यान निर्माणको योजना तयार गरिएको जानकारी वडा कार्यालयले जनाएको छ । भू–माफियाले काठमाडाँै क्षेत्र नं १ मा हडपेको जग्गा क्रमश : राज्यको स्वामित्वमा ल्याउने अभियानमा लागेको प्रदेशसभा सदस्य श्रेष्ठले जानकारी दिनुभयो ।

अतिक्रमण गरिएका सार्वजनिक जग्गा खाली गरी उद्यान निर्माण गरेर भूकम्प, बाढी, डुबानजस्ता प्राकृतिक विपत्ति पर्दा उपयोग गर्न सकिने गरी सुरक्षित राख्न लागिएको उहाँले बताउनुभयो । यसका लागि काठमाडौँ महानगरपालिका र बागमती प्रदेश सरकारबाटसमेत बजेट व्यवस्थापन गर्न लागिएको जनाइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment