एमसीसी सम्झौता खारेजीको माग गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाको विरोध प्रदर्शन (भिडियाेसहित)

१९ श्रावण, काठमाडौं । एमसीसी खारेजीको माग गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको बागमती प्रदेश समितिले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । मोर्चाले मंगलबार (आज) एमसीसी सम्झौताको विरोध तथा दार्चुला तुइन घटनाको विरुद्ध काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेको हो ।

विरोध कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले राष्ट्रहित विपरित वर्तमान सरकारले अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अघि बढाउन खोजेको आरोप लगाएका छन् ।

त्यस्तै, उनले प्रधानमन्त्रीले संसदबाट एमसीसी पारित गराउन माओवादीसंग सहयोग मागेको जानकारी आएको पनि बताए । राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आफूहरु एमसीसीको बिरोधमा रहेको उनको भनाइ छ ।

प्रदर्शनमा सहभागीहरुले ‘एमसीसी सम्झौता खारेज गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ’ सहितका नारा लगाएका थिए ।

भिडियाे:

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Birodh SavabusinessCoronavirusCovid-19digital khabarhealthLockdownMCCnepalNewsPolitictechnology
Comments (0)
Add Comment