स्रोत नखुलेको २७ लाखसहित दुई जना पक्राउ

१९ साउन, नवलपरासी । बर्दघाट नगरपालिका १२ भटौलियास्थित नारायाण चोकबाट स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँ र १८ लाख ५० हजार नेपाली रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पाल्हिनन्दन गाउँपालिका २ बस्ने ३५ वर्षीय योगेन्द्र यादव र भारत उत्तर प्रदेश महाराजगंज ठुटीवारी बस्ने २७ वर्षीय समिर खान रहेका छन् । लु.१६ प ३७२९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइने जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)ले जनाएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronaviruscrimedigital khabarmoneynepal
Comments (0)
Add Comment