कक्षा १२ सहित सबै तहका परीक्षा स्थगन गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

१८ साउन, काठमाडौँ । कक्षा १२ सहित सबै तहको परीक्षा स्थगन गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव गरेको छ । । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना भाइरसको जोखिम पुनः बढ्न थालेको भन्दै कक्षा १२ को सहित विभिन्न विश्वविद्यालयका परीक्षा स्थगन गरिएको जानकारी दिए ।

भर्चुअल पत्रकार सम्मेलनमा उनले कोभिड–१९ को तेस्रो लहरको जोखिम पनि बढिरहेकाले परीक्षा स्थगन गरिएको र आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने विषयमा शिक्षा मन्त्रालयसँग छलफल चलिरहेको उल्लेख गरे ।

‘निकट भविष्यमा सञ्चालन हुन गईरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने छ’ उनले भनेका छन् ।कक्षा १२ को परीक्षा साउन ३१ भदौ ९ सम्म हुने गरी तालिका सार्वजनिक भएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment