Royal Enfield मोटरसाईकलको नयाँ मोडल Meteor 350cc सार्वजनिक

१७ श्रावण, काठमाडाैं । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारीक विक्रेता प्रतिष्ठीत औधोगिक तथा व्यापारीक घराना एम भी दुगड ग्रुप अन्र्तगतको विवेक अटोमोवाइलस् प्रा.लि.ले आज २०२१ साल २८ तारीक, मिति २०७८ साउन १३ गते रोयल इन्फिल्ड Royal Enfield ब्रान्डले Cruiser series मा नयाँ मोडलको मोटरसाईकल, Meteor 350cc सार्वजनिक गरेको छ ।

Meteor 350cc अन्तर्गत Fire Ball, Stellar र Supernova गरी तीन भेरियन्ट रहेका छन् जस्मा Fire Ball को दुई, Stellar को तीन र Supemova काे दुई अधिकारिक रङ्गहरु उपलब्ध हुनेछन । Meteor 350cc एउटा Cruiser series को मोटरसाईकल हो जस्मा J-series काे Air-oil cooled, SOHC ईन्जिन रहेको छ । ईन्धनको कार्यकुशलता को लागी Electronic Fuel Injection (EFI) भएको यस मोटरसाईकलमा थप सुरक्षाको लागी Dual Channel ABS पनि रखिएको छ ।

यस मोटरसाईकलमा Turn-to-turn navigation को लागी Google सँगको सझेदारीमा बनाईएको Tripper Pod र मोबाईल फोन चार्ज गर्नको लागी USB charging port उयचत पनि समावेश गरिएको छ । सुरुवाती दिनहरु देखी नै सफलता हाशिल गर्दै आएको यस Royal Enfield ब्रान्डका मोटरसाईकलहरुले आफ्नो गौरबमय इतिहासलाई निरन्तरता दिदै यो मोटरसाईकल बजारमा ल्याएको हो ।

आजको नयाँ पिढीलाई लक्षित गरेर बनाइएको भए तापनी यस मोटरसाईकलले युवा देखी वृद्ध सम्म सबैको मन जितिरहेको छ र अझ धेरै मानिसहरुको मनमा बस्ने छ ।

नेपालका लागी आधिकारीक बिक्रेता विवेक अटोमोवाइल्स प्रा ली ले आफ्नो १९ वटै साखा तथा डिलरहरुमा Meteor 350cc बिक्री प्रवद्र्घन शुरु गर्ने भएको छ । BS VI अन्तर्गत Cruiser series को यस मोटरसाईकलमा कम्पन घटाउनको लागी Balancer Shaft पनि राखिएको छ ।

Meteor 350cc अन्तर्गत Fire Ball को मुल्य रु ६,००,०००/–, Stellar को मुल्य रु ६,१७,०००/– र Supernova को मुल्य रु ६,४५,०००/– मात्र राखिएको छ । यो मोटरसाइकल विवेक अटोमोवाइल्स प्रा ली को १९ वटै साखा तथा डिलरहरुमा आगामी श्रावण १४ गते देखि बुकिङ्ग तथा विक्री वितरण सुरु गरिएकाे जानकारी डिजिटल खबरलाई गराए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

AutomobilesBikebusinessCoronavirusCovid-19digital khabarhealthLockdownMeteor 350ccnepalNewsPoliticRoyal Enfieldtechnology
Comments (0)
Add Comment