बालगृहका २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

१७ श्रावण, मकवानपुर । मकवानपुरस्थित भीमफेदी बालगृहका २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

भीमफेदी गाउँपालिका–६ स्थित नेपाल बाल सङ्गठनअन्तर्गतका सो बालगृहमा एकै दिन २२ जनामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये बालगृहका दुई कर्मचारी र २० बालबालिका रहेको भीमफेदी गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएका उनीहरुलाई छुट्टै स्थानमा स्थानान्तरण गरिएको बताइएको छ ।

बिहीबार मात्रै बालगृह नजिक रहेको भीमफेदी कारागारका ३५५ कैदीबन्दीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment