मालसामान बरामद

१६ श्रावण, नेपालगञ्ज । इलाका प्रहरी कार्यालय छिन्चुले रु एक लाख ६५ हजार ६५७ को अवैध मालसमान बरामद गरेको छ नेपालगञ्जबाट सुर्खेत छिन्चुतर्फ आइरहेको कर्णाली प्रदेश ०२००१ख ००१२ बसमा ओसारपसार गरिराखेको अवैध मालसमान शुक्रबार प्रहरीले बरामद गरेको हो । बससहित वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत निवासी ३७ वर्षीय बसचालक तुलाराम न्यौपानेलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहोलपुर बाँकेमा पठाइएको प्रहरीले जनाएको छ ।

चितवनबाट सुर्खेततर्फ आउँदै गरेको प्रदेश नं ३–०१०२३ च ७१४२ नम्बरको जीपमा राजस्व छली गरी अवैधरुपमा ल्याइएको रु दुई लाख ८५७ बराबरको ३९५ थान पिभिसी प्यानलसहित हेटाँैडा आम भञ्ज्याङ– ६ मकवानपुर निवासी २४ वर्षीय सवारी चालक रोमप्रसाद घिमिरेलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि राजस्वअनुसार कार्यालय कोहलपुर बाँकेमा पठाइएको प्रनाउ घर्तीले बताउनुभयो ।

नेपालगञ्जदेखि सुर्खेततर्फ जाँदै गरेको क प्र ००२ ख ०१०९ बसमा राजस्व छली गरी अवैधरुपमा ल्याइएको रु तीन लाख २४ हजार १० को अवैध मालसमान प्रहरीले शुक्रबार नै बरामद गरेको छ । कानूनसम्वत्को मूल्य अभिवृद्धि कर उल्लेख गरिएको बिल नभएको अवैध मालसमान आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको प्रहरीले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment