अखिल फोर्सको शक्ति प्रदर्शन र्‍याली र मार्चपास (तस्वीरमा)

१६ श्रावण, काठमाण्डौं । नेकपा एमालेको एकता प्रयास भइरहेका बेला दुवै पक्षले फोर्स गठन गर्ने प्रतिस्पर्धा चलिरहेको छ । शनिवार माधव नेपाल पक्षले अखिल फोर्सको मार्चपास गरेको छ । एमाले माधव नेपाल पक्षको अखिल फोर्सले आज काठमाण्डौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघर मण्डलामा अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो ।

अखिल फोर्सको भेलाअघि आयोजित मार्चपासमा सयौंको मोटरसाइकल र्याली तथा मार्चपास आयोजना गरिएको छ ।

यसै गरी मोटरसाइकल र्यालीसहित गरिएको उक्त शक्ति प्रदर्शनमा एमाले वरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । मार्चपासको नेतृत्व एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले गरेका थिए ।

माधव पक्षीय अनेरास्ववियुले कार्की ब्यांक्वेटमा आयोजना गरेको भेलाअघि मार्चपास आयोजना गरिएको अध्यक्ष सुदेश पराजुलीले बताए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment