टाटाको विद्युतीय एसयुभी नेक्सन नेपालमा सार्वजनिक, यस्तो छ फिचर र बजार मूल्य

१३ श्रावण, काठमाडाैं । धेरै ग्राहकले प्रतिक्षा गरेको नेक्सन ईभी विभिन्न ३ भेरियन्टमा नेपाली बजारमा उपलब्ध हुनेछ । एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी भेरियन्टमा नेपाल ल्याएको हो ।

टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेक्सन इभीको विक्री सुरु गर्ने भएको छ। कम्पनीले आज भर्चुअल कार्यक्रम मार्फत नेपाली बजारमा नेक्सन ईभीको विक्री सुरु गरेको हो ।

‘हामीले इलेक्ट्रीक कार मात्रै ल्याएका छैनौं । हरेक १५० किलोमिटरको दुरीमा फास्ट चार्जर राख्ने छौं भने, १०० प्लस स्थानमा एसी चार्जर लगाएका छौं । ग्राहकले नयाँ सेवाको अनुभव गर्न पाउने छन्’, सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले भने ।

कम्पनीले हालसम्म ८ विभिन्न ठाउँमा (बागडोल, चुम्लिङटार, पोखरा, भैरहवा, हेटौंडा, मुलकोट र इटहरी) फास्ट चार्जिङ स्टेसनको निर्माण गरिसकेको छ।

टाटाको जिपट्रोन प्लेटफर्ममा बनेको नेक्सन इभीमा ३०.२ किलोवाट आवरको लिथियम आयोन व्याट्री रहेको छ भने, यसमा ९५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ। एक पटकको फुल चार्जमा यसलाई ३१२ किलोमिटर गुडाउन सकिने बताईएको छ।

यो गाडी केवल ९.९ सेकेन्डमा शून्यदेखि १ सय किलोमिटरको रफ्तारमा गुड्ने क्षमता राख्दछ।

गाडीले १२९ पिएस पावर र २ सय ४५ एनएमको टर्क जेनेरेट गर्छ। नेक्सनको विद्युतीय मोडलको ब्याट्रीमा एक लाख ६० हजार किलोमिटर र गाडीमा एक लाख २५ हजार किलोमिटरको वारेन्टी हुनेछ।

नेक्सन इभीको एक्सटेरियरमा प्रोजेक्टर हेडल्याम्प, सिग्नेचर एलइडी टेलल्याम्प, फ्लोटिङ रुफ, पियानो व्ल्याक ओआरभीएम, रुफरेल, सार्क फिन एन्टेना, १६ इन्चको डायन्ड कट अलोय ह्वील, बडी कलर डोर ह्याण्डल जस्ता फिचर पाउन सकिन्छ ।

यसको इन्टेरियरमा ट्राइयरो थिम पाउन सकिन्छ । लेदरले मोरिएको फ्ल्याट बटम स्टेरिङ ह्वील, आर्मरेष्ट सकितको ठूलो रेन्टर कन्सोल, कप र छाता होल्डर, ग्लोव बक्स, कुल्ड बक्स, हर्मनको ७ इन्च फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, हर्मनको ८ स्पीकर, स्टेरिङ माउन्ट कन्ट्रोल बटम, ७ इन्चको डिजिटल टिएफटी इन्ट्रुमेन्ट क्लष्टर, भ्वाइस अलर्ट सिस्टम जस्ता फिचर पाउन सकिन्छ ।

कम्पनीले एक्सएम भेरियन्टको मूल्य ३५ लाख ९९ हजार राखेको छ भने एक्सजेड प्लसको मूल्य ३७ लाख ९९ हजार र एक्सजेड प्लस लग्जरी भेरियन्टको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ राखेको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment