गाडीहरु अत्यधिक बिक्री भएपछि दोस्रो त्रैमासमा टेस्लाको नाफा चुलियो

१३ श्रावण, एज‍ेन्सी । विश्वव्यापी चिप अभाव तथा बन्दरगाहमा भएको समस्याका कारण उत्पादनमा कमी आए पनि टेस्लाको नाफा निकै चुलिएको छ।

दोस्रो त्रैमासमा कम्पनीको बिक्री बढेर १२ अर्ब डलर पुगेको थियो। यो आँकडा गत वर्ष अमेरिकाको कम्पनी बन्द हुनुअघि संकलन गरेको ६ अर्ब डलरको दोब्बर आम्दानी हो।

विद्युतीय कार निर्माता टेस्लाले उक्त अवधिमा हालसम्मकै कीर्तिमानी २ लाख ओटा कारहरु बिक्री गरेको थियो।

कम्पनीले स्वच्छ उर्जबाट चल्ने सवारीलाई सर्वसाधारणले पनि निकै रुचाएको बताएको छ।

इलन मस्कको कम्पनीले सोमबार आफ्नो नाफा बढ्नुको मुख्य कारण विभिन्न मोडलका कारहरुको उल्लेख्य बिक्री हुनु रहेको जानकारी दिएको हो।

गत वर्ष १० करोड ४ लाख डलर नाफा भएकामा कम्पनीको सस्तो मोडल ३ सेडान तथा मोडल वाईको उच्च वृद्धिका कारण यो वर्षको दोस्रो त्रैमासमा मात्र १ अर्ब १ करोड डलर नाफा थपिएको थियो।

सोमबार आफ्ना लगानीकर्ताहरुलाई प्रगति विवरण पेश गर्ने क्रममा कम्पनीले विद्युतीय गाडीप्रति सर्वसाधारणको चासोका कारण यसअघि कहिल्यै नपुगेको संख्यामा गाडीहरु बिक्री हुन सफल भएको बतायो।

विद्युतीय गाडीहरु सबैको पहुँचमा पुर्याउने उद्देश्यले गाडीहरुको मूल्य सकेसम्म घटाउने प्रयास गरिने पनि कम्पनीले जनाएको थियो।

यसबाहेक कम्पनीले आउँदा दिनहरुमा कुन रफ्तारमा गाडी उत्पादन गर्न सक्छ भन्ने कुरा गाडीका कच्चा पदार्थ तथा मुख्य पार्टपुर्जाहरु के कति आपूर्ति हुन सक्छ भन्नेमा निर्भर रहने पनि बताएको थियो।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

AutomobilesbusinessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnologyTesla
Comments (0)
Add Comment