भारतमा थप ४२ हजार संक्रमित, ६४० संक्रमितको मृत्यु

१३ श्रावण, काठमाडौँ । भारतमा थप ४२ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४२ हजार ९२८ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १४ लाख ८३ हजार ४११ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ५ हजार ९६७ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ६४० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २२ हजार ५४ पुगेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment