प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन संवाद

१२ श्रावण, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनबीच टेलिफोन संवाद भएको छ ।

मंगलबार साँझ अमेरिकी विदेशमन्त्री ब्लिंकेन र प्रधानमन्त्री देउवाबीच टेलिफोन संवाद भएको हो ।

टेलिफोन संवादमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारीका विषयमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

संवादका क्रममा कोरोना भाइरसविरुद्धको खोप र अन्य सहयोगका साथै जलवायु परिवर्तनका बारेमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

भारत भ्रमणमा रहेका विदेशमन्त्री ब्लिंकेनसँग प्रधानमन्त्रीले देउवाले टेलिफोन संवाद गरेका हुन् ।

प्रधानमन्त्री देउवाले पनि अमेरिकी विदेशमन्त्री ब्लिंकनसँग टेलिफोनमा संवाद भएको र द्विपक्षीय हितका बारेका कुराकानी भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment