थप ३,८९९ जनामा कोरोना भाइरस सङ्क्रमण, २० जनाको

१२ साउन, काठमाडौं । नेपालमा थप ३,८९९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २० जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मङ्गलवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १७,५१८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ४,८६३ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

मृतकको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवको सङ्ख्या समाविष्ट भएको मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ४२ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,७५८ पुगेको छ।

अहिले कुल परीक्षणको झन्डै २२ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ। विज्ञहरूले यसलाई उच्च दर मानेका छन्।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,७७८ जना सङ्क्रमणमुक्त भएका छन्।

नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।मन्त्रालयको तथ्याङ्कअनुसार अहिले कुल २८,८०० जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ।

तीमध्ये २५,९३८ जना घरमा तथा २,८९८ जना संस्थागत आइसोलेशनमा छन्।

सङ्क्रमितमध्ये अहिले ६११ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १७१ जना भेन्टिलेटरमा छन्।

अहिले पुष्टि भएका सङ्क्रमितमध्ये ४७५ जना काठमाण्डूमा, २७८ जना कास्कीमा, २६१ जना झापामा फेला परेका हुन्।

सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै हुने क्रम अहिले पनि जारी छ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNews
Comments (0)
Add Comment