मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्ने

१२ साउन, काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले उक्त मूल्य बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ विक्री गर्न लागेका हो ।

सर्वसाधारणका लागि विक्री गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । कर्मचारी र सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता भने कम्पनीले सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

यो आईपीओ छिटोमा साउन १८ गतेसम्म विक्रीमा रहनेछ भने उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा ढिलोमा साउन २८ गतेसम्म विक्रीमा रहने कम्पनीले जानकारी दिएको छ ।

आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै यो आईपीओ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabariposhare marketupcoming ipo
Comments (0)
Add Comment