मानुषी लघुवित्त शेयर साउन २७ गतेबाट निष्कासन

१२ साउन, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गते देखि सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार बराबर रुपैयाँको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

कुल कित्तामध्य कम्पनीले शून्य दशमलव ५ प्रतिशत दरको ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र ५ प्रतिशत दरको १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएर र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागेको हो ।

यो आइपीओ खरिदका लागि साउन ३१ गते सम्म आवेदन गर्न सकिनेछ । सो समय अवधिमा विक्री नभएमा ढिलोमा भदौ ९ गते सम्म विक्रीमा रहने कम्पनीको भनाई छ । प्राथमिक बजारमा निष्कासन हुने आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको सन्दर्भमा भने कम्पनीको आईपीओ छिटो अवधिसम्म मात्र विक्रीमा रहने निश्चित छ ।

आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार यस कम्पनीको प्रतिशेयर आम्दानी १० दशमलव शून्य २ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३२ दशमलव ६९ रुपैयाँ रहेको छ । उक्त अवधिसम्म कम्पनीको सञ्चित नाफा १ करोड ४७ लाख ४४ हजार रुपैयाँ रहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabariponepalnew ipo upcomingshare market
Comments (0)
Add Comment