नबिल डिजि बैंकको नँया“ उपलब्धि, व्यवसायिक कर्जाको अनलाइन आवेदन सुविधा

१२ साउन, काठमाडौं । नबिल बैंकले ऋण कर्जाको लागि अनलाइन बाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ ।

इच्छुक ग्राहकले बैंकको वेबसाइटम https://www.nabilbank.com/individual/sme-loan-application/business-information-details गई साना तथा मझ्यौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सकिने बैंकले जनाएको छ ।

यो सुबिधा बैंकलार्ई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको हो र ग्राहकले आफुले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले आधिकारिक वेबसाइट मार्फत ऋण कर्जाको लागि आवेदन दिनुहुने सिमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था पनि गरेको छ । यो सुविधा बैंकद्वारा जारी अभियान “नबिल बैंक – गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता” अनुरूप रहेको छ ।

नविल बैकंको देशभर १३५ वटा शाखा कार्यलयहरु, १८३ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत संजाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ ।

यस बैकं उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीको साथ ३७ वर्षको बैंकिङ्ग अनुभवको साथ, बैंकको ग्राहकहरु लाई मुल्य अभिवृद्धी गर्न उच्चसेवा वितरणको लागी लक्षित रहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

bankbest bank in nepalbusinessdigital khabarnabil banknepal
Comments (0)
Add Comment