मंगलबार घट्यो सुनको मूल्य

१२ श्रावण, काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ तोलाको ९१ हजार ८०० रुपैयाँ, तेजावी ९१ हजार ३०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २७० रुपैयाँ कायम गरिएको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ, तेजावी ९१ हजार ६०० रुपैयाँ र चाँदी तोलाको १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।मंगलबार सुनको मूल्य घटेपनि चाँदी स्थीर रहेको महासंघले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment