करण चौधरीद्वारा नाडाको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा

१२ श्रावण, काठमाडौं । सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका का शर्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसियशनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । चौधरी नाडाको हालको कार्यसमितिमा उपाध्यक्ष छन् ।

नाडा सातवटै प्रदेशमा विस्तार भइ सकेको अवस्थामा सवै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई नाडालाई संस्थागत रुपमा दरिलो रुपमा अगाडि बढाउने उद्देश्यका साथ उम्मेद्वारी दिएका छन् ।

अटोमोवाइल व्यवसाय भनेको सरकारलाई सर्वाधिक कर बुझाउने एवं निजिक्षेत्रमा ठूला रोजगार प्रदान गर्ने व्यवसाय हो ।

सरकार र व्यवसायी दुवैको उच्चतम हितमा काम गर्न मिल्ने सहज वातावरण वनाउन सरकारको नितिगत रुपमा समेत अटो व्यवसायलाई कसरी सहज बनाउने भन्ने कुरामा काम गर्ने समेत चौधरीको उद्देश्य रहेको छ ।

उनले कोरोना महामारी र लकडाउनका कारण नेपालका अटोमोवाइल व्यवसाय संकटमा परेकाले यस व्यवसायको पुनरुत्थानसँगै यस क्षेत्रमा नयाँ आकर्षण, नयाँ उत्साह ल्याउन जरुरी रहेको बताएका छन् । हाल नाडाको अध्यक्षमा कृष्णप्रसाद दुलाल छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

AutobusinessCoronavirusCovid-19digital khabarhealthLockdownNADAnepalPolitictechnology
Comments (0)
Add Comment