इजरायल जान अनलाइन आवेदन खुल्योढ(बिज्ञापनसहित)

१ हजार दक्ष र योग्य नेपाली जान पाउने, मासिक तलब १६ सय अमेरिकी डलर

१२ एजेन्सी, काठमाडौँ । इजरायलले नेपालबाट सुसारे अर्थात केयर गिभरको रुपमा १ हजार नेपाली दक्ष श्रमिकको माग गरेपछि वैदेशिक रोजगार विभागले आवेदन खुलाएको छ ।

इजरायलबाट बालबालिका र वृद्धवृद्धाको हेरचाह गर्ने कामदारको रुपमा माग आएको हो । इजरायल र नेपाल सरकारबीच भएको सम्झौता अनुसार इजरायलबाट माग आएको र आज विज्ञापन खुलाइएको वैदेशिक रोजगार विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले सीआईएनलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रूपमा काम गर्नका लागि योग्यता पुगेका नेपाली नागरिकले आवेदन खुला गरिएको २१ दिनभित्रमा विभागको वेबसाइटबाट आवेदन दर्ता गर्न सक्नेछन् ।

अनलाइन आवेदन वैदेशिक रोजगार विभागको वेबसाइट ferms.dofe.gov.np मा गएर भर्न सकिनेछ ।

नेपालबाट २५ देखि ४५ वर्ष उमेरका, कक्षा १२ उतीणर् गरेका , यससम्बन्धि तालिम लिएका तथा स्वास्थ्य सम्बन्धी विषय पढेका व्यक्ति इजरायल जान पाउनेछन् ।

नेपाल र इजरायल सरकारबीच २०७७ असोज १४ गते नेपाली श्रमिक इजरायल पठाउने विषयमा श्रम सम्झौता भएको थियो । प्रतिष्पर्धाको आधारमा श्रमिक छनौट हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

आवेदनका लागि मापदण्ड यसप्रकार छन् :

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthIsraelLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment