नेप्सेमा आज १४ अर्ब १३ करोड ९७ लाख बराबरको कारोबार : नेप्से ८.२४ अंकले घट्यो

११ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको दोस्रो दिन आज सोमबार तिव्र उत्तारचढाव देखिएको छ । आज कारोबार शुरु हुँदा नेप्से ऐतिहासिक विन्दु ३ हजार ७५ दशमलब ५९ मा पुगेको थियो । कारोबार शुरु भएको दुई घण्टा पछि नेपसे करिब २९ अंकले घटेर तीन हजजार ४३ दशमलब १७ विन्दुमा आइपुगेको थियो ।

कारोबार समय एक घण्टा बाँकी हुँदा बजार पुनः सम्हालिदै तीन हजार ५६ दशमलब ७ अंकमा पुगेको थियो । आज नेप्से ८.२४ अंकले घटेर तीन हजार ५० दशमलब ४३ विन्दुमा बन्द भएको छ ।

त्यस्तै, आज १४ अर्ब १३ करोड ९७ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, नेप्सेका अनुसार आज सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

शेयर बजार बढ्ने कम्पनीहरुमा बिशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी हाइड्रोपावर कम्पनी, माउन्टेन हाइड्रोपावर कम्पनी, ग्रिनलाइफ हाइड्रोपावर कम्पनी, हिमालयन उर्जा विकास कम्पनी र ङादी ग्रुप पावर रहेका छन् ।

त्यस्तै, आज पोखरा फाइनान्स र एनआईसी एशिया डिभेञ्चरको शेयरमूल्यमा गिरावट आएको छ । जसको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा ङादी ग्रुप पावरको कारोबार भएको छ । यस कम्पनीको आज ३९ करोड भन्दा बढीको कारोबार भएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdecreasedigital khabarnepalshareshare market
Comments (0)
Add Comment