सागका विजेता खेलाडी सम्मानित

११ साउन, काठमाडौं । नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत एथ्लेटिक्स खेलका पदक विजेता खेलाडी आज नगदसहित सम्मानित हुनुभएको छ ।

नेपाल एथलेटिक्स सङ्घद्वारा आज आयोजित कार्यक्रममा एथ्लेटिक्सका आठ पदकधारी तथा खेलाडी सम्मानित हुनुभएको हो । १३औँ सागअन्तर्गत एथ्लेटिक्समा नेपालले तीन स्वर्णसहित कूल आठ पदक जितेको थियो ।

सागमा सन्तोषी श्रेष्ठ, गोपीचन्द्र पार्की र किरणसिंह बोगटीले नेपाललाई स्वर्णपदक दिलाउनुभएको थियो । सन्तोषीले १० हजार मिटर, गोपीचन्द्र्ले पाँच हजार मिटर र किरणले म्याराथनमा स्वर्ण जित्नुभएको थियो ।

महिलाको म्याराथनमा पुष्पा भण्डारीले रजत जित्नुभएको थियो । त्यस्तै सोमबहादुर कुमालले आठ सय मिटर, टङक कार्कीले १५ सय मिटर, हरिकुमार रिमालले पाँच हजार मिटर र दीपक अधिकारीले १० हजार मिटरमा कास्य पदक जित्नुभएको थियो ।

कार्यक्रममा स्वर्ण विजेता खेलाडीले जनही रु एक–एक लाख प्राप्त गर्नुभयो । त्यस्तै रजत पदक विजेता खेलाडीले रु ३५ हजार पाउँदा कास्य पकद विजेताले रु २० हजार प्राप्त गर्नुभयो । पदक विजेता खेलाडीलाई एथलेटिक्स सङ्घका अध्यक्ष राजिवविक्रम शाहलगायतले पुरस्कार प्रदान गर्नुभयो ।


एथलेटिक्स संघले १३औं सागका स्वर्ण पदक विजेतालाई एक लाख, रजत विजेतालाई ३५ हजार र कांस्य पदक विजेता खेलाडीलाई जनही २० हजार नगद पुरस्कार प्रदान गरेको हो । पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव एकेन्द्र कुँवर, बागमती प्रदेशका सदस्यसचिव सूर्य भण्डारी, एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह र पूर्व सभासद कल्पना चौधरी (बस्नेत) ले पुरस्कार प्रदान गरेका थिए ।


दुई वर्षअघि नेपालमा आयोजना भएको १३औं सागमा नेपालले तीन स्वर्ण, एक रजत र चार कांस्य पदक जितेको थियो । सन्तोषी श्रेष्ठले १० हजार मिटर, गोपीचन्द्र पार्कीले पाँच हजार मिटर र किरणसिंह बोगटीले म्याराथनमा स्वर्ण पदक जितेका थिए ।

यसैगरी पुष्पा भण्डारीले महिलातर्फको म्याराथनमा रजत पदक जितेकी थिइन् । यसैगरी सोमबहादुर कुमालले आठ सय मिटर, टंक कार्कीले १५ सय मिटर, हरिकुमार रिमालले पाँच हजामर मिटर र दीपक अधिकारीले १० हजार मिटर दौडमा कांस्य पदक जितेका थिए ।


सोही कार्यक्रममा अल इन्डिया जुनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन जाने अजितकुमार यादवलाई पनि बिदाइ गरिएको थियो । उनले १५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । यसैगरी केन्याको नौरबीमा आयोजना हुने वल्र्ड यू–२० जुनियर एथलेटिक्स च्याम्पियनसिपमा पनि अजितले सहभागिता जनाउने छन् । उनले तीन हजार मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । अजितले सन् २०१८ मा हङकङमा आयोजना भएको एसियन जुनियर एथलेटिक्स च्याम्पियनसिपको म्याराथनमा स्वर्ण पदक जितेका थिए ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarNewssports
Comments (0)
Add Comment