गृहमन्त्री र आइजीपीलाई निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रधानमन्त्रीको निर्देशन

११ श्रावण, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीलाई नर्मलाको हत्यारा पत्ता लगाउन प्रधानमन्त्रीको निर्देशन दिनुभएको छ ।

आइतबार गृहमन्त्री र आइजीपीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले निर्मला पन्त हत्याकाण्ड प्रकरणका दोषी चाँडो लगाएर कारबाही गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल फेसबुक पेजमा लेख्नुभएको छ, ‘निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु। चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु ।’

निर्मला हत्या प्रकरणको आज तीन वर्ष पूरा भएको छ । तर, अझैँ पनि हत्यारा पत्ता लागेको छैन ।

साथै, प्रधानमन्त्री देउवाले गृहमन्त्री र प्रहरी प्रमुखसँग अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी पनि लिएको प्रधानमन्त्री देउवाले बताउनुभएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthHom MinistryLockdownnepalPoliticSher Bahadur Deubatechnology
Comments (0)
Add Comment