सुनको मूल्यमा १ सय रुपैयाले गिरावट

१० साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार एक सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार पाँच सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १३७० मा कारोबार भएकोमा आज पनि तोलामा १२७० कायम गरिएको महासंघले जनाएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabargold gold marketnepalNews
Comments (0)
Add Comment