ऐतिहासिक शहर दोलखामा निर्माणाधिन भैरव कुमारी भवनबाट यसै पाली जात्रा निकाल्ने तयारीमा

०९ श्रावण, दोलखा । दोलखा जिल्लाको ऐतिहासिक नगर भीमेश्वर नगरपालीका वडा नं. २ स्थित टसिचा टोल दोलखामा कुमारी भवन निर्माणाधिन अवस्थामा रहेको छ । गत ०७७ चैत्र ८ गते समाजसेवी एवं उद्योगपती लक्ष्मण श्रेष्ठको हातबाट शिलान्यास गरिएको थियो । २०७२ सालको भुकम्पबाट क्षती भएको उक्त कुमारी भवन पुनर्निमानको क्रममा शिलान्यास गरि हाल करिव ४ महिनाको अन्तरालमा पहिलो तल्ला ढलान सम्पन्न भई धमाधम निर्माण कार्य भईरहेको र उक्त कुमारी भवनमा राख्ने झ्याल ढोका बनाउँदै गरेको कुमारी भवन निर्माण समितीका संयोजक गोपाल प्रधानले बताउनु भयो ।

स्थानिय निकाय भीमेश्वर नगरपालिका वडा नं. २ र समाजसेवी एवं उद्योगपती लक्ष्मण श्रेष्ठको विशेष सहयोग र दोलखावासी अनी शुभचिन्तक नेपाली दाजुभाई दिदिबहीनीहरुको आर्थिक सहयोगमा सम्पन्न हुन गईरहेको उक्त कुमारी भवनबाट यसैपालीको भैरव कुमारी जात्रा निकाल्नको लागि तयारी भईरहेको भीमेश्वर नगरपालीका वार्ड नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठको भनाई रहेको छ ।

यसरी निर्माण भईरहेको कुमारी भवन निर्माणको लागि सहयोगी मनहरुले खुल्ला हद्यले सहयोग गरिरहेको कारण र सहयोग प्राप्त भईरहेको अवस्थाका कारण उक्त भवन परम्परा र नेवारी कलात्मक ढाँचामा निर्माण गर्न सजिलो भईरहेको भनाइ सयोजक प्रधानले जानकारी दिनु भयो । यसै गरी आज ललितपुर स्थित ओकु बहालमा कालीगढहरु संग भएको छलफलको लागि संयोजक गोपाल प्रधान, सदस्य मनोज चाकुबजी, विन्दुराज शाक्य र नविन शाक्यको उपस्थितीमा सर–सल्लाह भएको र छाना तामाको राख्ने तयार भईरहेको यस बारेमा वडाध्यक्ष विराजमान श्रेष्ठ लगायत सम्वन्धीत पक्षहरुसंग सल्लाह गरेर निर्णय गर्ने पनी संयोजक प्रधानले बताउनु भयो ।

हालसम्म करिव ४० लाख ७० हजार रकम सहयोग प्राप्त हुने बचत बद्धता सहयोगी महानुभावहरुबाट आईसकेको र उक्त रकम मध्ये आदीभन्दा बढी रकम उपभोक्ता समितीको खातामा जम्मा भईसकेको र केही सहयोगीदाताहरुबाट रकमहरु जम्मा गर्ने क्रम जारी रहेकोले भवन निर्माणको लागि सरल भएको बताउनु भयो । हालसम्म करिव २० लाख रकम खर्च भईसकेको र यसको विस्तृत विवरण पछि सार्वजनिक गर्ने थाहा भएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarDolakhaDolakha BhimsenLockdownnepalPolitic
Comments (0)
Add Comment