लिए थप ६ जना नयाँ मन्त्रीले शपथ

०८ श्रावण, गण्डकी । आज गण्डकी प्रदेशमा थप ६ जना मन्त्रीहरुले शपथ लिएका छन् । उनीहरुलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ गराएकी हुन् ।

माओवादी केन्द्रबाट ३ जना र नेपाली कांग्रेसबाट ३ जना थप गरी आज ६ जनाले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

आज माओवादी केन्द्रबाट कास्कीका रामजी बराल ‘जीवन’, बाग्लुङका चन्द्रबहादुर बुढा र स्याङ्जाका दीपक चर्तीमगरलाई मन्त्री बनेका छन् । बराल अर्थ, बुढा भूमि ब्यवस्था तथा कृषि र चर्तिमगरलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै, नेपाली कांग्रेसबाट विन्दुकुमार थापा, मणिभद्र शर्मा कण्डेल र मेखलाल श्रेष्ठलाई मन्त्री बनाइएको छ । थापालाई कानून, सञ्चार तथा प्रदेश मामिला, कण्डेललाई पर्यटन तथा उद्योग र श्रेष्ठलाई समाजिक विकास मन्त्री बनाइएको छ ।

सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा सामाजिक विकास मन्त्री कुमार खड्कालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै, माओवादी केन्द्रकी मधु अधिकारी गुरुङलाई स्वास्थ्य, जसपाका हरिशरण आचार्यलाई ऊर्जा तथा खानेपानी र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई यसअघि नै खेलकूद मन्त्री बनाइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarGandakihealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment