१ महिना पर धकेलियो भारतमा फक्सवागन टाइगुन लन्च हुने मिति, नेपालमा समेत प्रभाब पर्ने

०८ श्रावण, काठमाडाैं । फक्सवागनको बहुप्रतीक्षित एसयूभी टाइगुनको भारतमा लन्च हुने मिति डेढ महिना पर धकेलिएको छ । कम्पनीले यसअघि अगस्ट महिनाको पहिलो साता लन्च हुने बताउँदै आएकोमा हाल आएर सेप्टेम्बर महिनाको तेस्रो सातामात्र लन्च गर्ने घोषणा गरेको हो । यद्यपि बुकिङ भने अगस्ट महिनाको मध्यबाटै शुरु गरिने बताइएको छ । हाल यो एसयूभीको उत्पादन पुनेस्थित प्लान्टबाट धमाधम भैरहेको छ ।

भारतीय बजारमा सार्वजनिक गरिए लगत्तै नेपालमा समेत यसको बुकिङ खुल्ला गर्ने नेपाल स्थित आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपालले जनाउँदै आएको छ । भारतमै ढिलो गरी लन्च गर्न लागिएका कारण यो एसयूभी कम्पनीले निर्धारण गरेको मितिभन्दा केही समय पछिमात्र नेपाल भित्रिने पक्कापक्की जस्तै भएको छ ।

भारतभित्रै अत्यधिक मात्रामा माग गर्न थालिएका कारण माग र उत्पादनको अवस्था हेरेर यसको नेपाल भित्रिने मिति तय हुने देखिएको छ । नेपालमा भदौदेखि फेस्टिभल सिजन सुरु हुने हुँदा सम्भवतः यो एसयूभी दशै अगावै नेपाल भित्रिने छ । जुन सम्भावनालाई पूजा इन्टरनेसनल नेपाल स्रोतले समेत स्विकार गरेको छ ।

भारतीय बजारमा १० देखि १७ लाख भारतीय रुपैयाँ मूल्य पर्ने अनुमान लगाइएको यो एसयुभी नेपाल भित्रिंदा ५५ देखि ७० लाख हाराहारी मूल्य पर्ने अनुमान लगाउन सकिन्छ । कम्फर्ट, हाईलाइन र टपलाइन गरी भिन्न ३ भेरिएन्टमा उपलब्ध रहने टाइगुन म्यानुअल र अटोमेटिक गरी दुईवटै ड्राइभिङ अप्सनमा उपलब्ध हुनेछ ।

यो एसयूभीमा फक्सवागन आफैले विकास गरेको र पछिल्लो प्रविधिमा आधारित १.० टीएसआई इन्जिन जडान गरिएको छ । जुन अत्यधिक शक्तिशाली र मबजुत मानिन्छ ।

१ हजार सीसी क्षमताको इन्जिन जडान भएपनि यसले दिने पावर र टर्क भने प्रतिस्पर्धी ब्रान्डका सोही सेग्मेन्टका गाडीमा प्रयोग हुने १ हजार ५ सय सीसी क्षमतायुक्त एमपीआई इन्जिन बराबरको छ । टाइगुनको अधिकतम पावर ११५ बीएचपी र टर्क १७८ एनएम रहेकाे छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment