०८ साउन, काठमाडौं । गण्डकी प्रदेशमा सत्तारुढ नेपाली कांग्रेसले दोबाटे विकको ठाउँमा विन्दुकुमार थापालाई मन्त्री बनाउने भएको छ ।यसअघि विकको नाम चयन गरेको कांग्रेसले पछि फेरि उनको नाम हटाएर थापालाई मन्त्री बनाउने निर्णय गरेको हो । दोबाटे कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् ।
व्यापारिक पृष्ठभूमिबाट आएका थापा पार्टी सभापति शेरबहादुर देउवा निकट छन् । उनी स्थानीय तहको चुनावमा पोखरा महानगरपालिकाको मेयरका आकांक्षी थिए । उनले प्रतिनिधिसभा चुनावमा पनि टिकटको दाबी गरेका थिए । तर पछि प्रदेशसभाको टिकट पाएका थिए ।
कांग्रेसले गण्डकी प्रदेशमा मणिचन्द्र शर्मा र मेखलाल श्रेष्ठलाई पनि मन्त्री बनाउने निर्णय गरेको छ ।श्रेष्ठ गोपालमान श्रेष्ठका आफन्त हुन् । श्रेष्ठ पनि व्यापारिक पृष्ठभूमिका नेता हुन् ।
RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`