सुनको मूल्य आज बढ्यो

०८ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो ।

बिहिबार सुनको मूल्य तोलामा सात सयले घटेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार एक सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ६ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य १३७० मा कारोबार भएकोमा आज बढेर तोलामा १२८० कायम गरिएको महासंघले जनाएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGoldgold marketgold price todaynepal
Comments (0)
Add Comment