शेयर बजार दोहोरो अंकले वृद्धि

०७ साउन, काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा यो हप्ताको अन्तिम दिन आज विहीबार शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । विहीबार बजारमा १८ दशमबल ७६ अंकले बजार बढेर बन्द भएको छ ।

शेयर बजारको सूचकांक ३ हजार ४ दशमबल ३३ अंकमा पुगेको छ । विहीबार बजारमा ११ अर्ब ११ करोड ४१ लाख बराबरको शेयर खरिद विक्री भएको छ । मंगलबार शेयर बजारमा ७ अर्ब ८९ करोड ७५ लाख बराबरको कारोबार थियो ।

विहीबार ७ वटा शेयर स्क्रिप्टमा पोजेटिभ सर्किट समेत लागेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepal
Comments (0)
Add Comment