सुनको मूल्य घट्यो

०७ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा सात सयले घटेको हो ।

बुधबार सुनको मूल्य तोलामा सात सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार तीन सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य १३६० मा कारोबार भएकोमा आज बढेर तोलामा १२७० कायम गरिएको महासंघले जनाएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabargold marketnepalNews
Comments (0)
Add Comment