प्रधानमन्त्री देउवा र नेताहरुसँग प्रचण्डको भेट


०५ साउन ,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्नुभएको छ । उहाँले सरकारलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन छलफल थाल्नुभएको हो

त्यस क्रममा अध्यक्ष दाहालले सरकारको साझा न्यूनतम् कार्यक्रम बनाएर अगाडि बढ्ने विषयमा छलफल गर्नुभएको थियो ।

उहाँहरुबीच गठबन्धनमा सहभागी दलको भावनाअनुसार साझा न्यूनतम कार्यक्रम बनाएर सरकारलाई गतिदिने विषयमा छलफल भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

देउवासँगको भेटअघि अध्यक्ष दाहालले नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग नेता नेपालको निवास कोटेश्वरमा छलफल गर्नुभएको थियो ।

नेता त्रयबीच भएको भेटमा केपी शर्मा ओली सरकारले असंवैधानिक ढङ्गबाट गरेका राजनीतिक नियुक्तिहरु खारेज गर्ने विषयमा छलफल भएको जानकारी सापकोटाले दिनुभयो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment