तेह्रथुम पावर कम्पनीको आइपीओ स्थानीयबासीको बिक्री खुल्ला

०५ साउन, तेह्रथुम । तेह्रथुम पावर कम्पनीले साधारण सेयर (आइपीओ) बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित तेह्रथुम जिल्लाका स्थानीय बासिन्दाको लागि ४ लाख कित्ता आइपीओ साउन ५ गतेदेखि बिक्री खुल्ला गरेको हो ।

कम्पनीले धितोपत्र बोर्डबाट असार १० गते स्थानीय र सर्वसाधारणलाई गरी कुल १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । जसबाट हाल स्थानियबासीको लागि आइपीओ बिक्री खुल्ला गरेको हो ।

प्रतिकित्ता १ सय रुपैयाँ अंकित सो आइपीओमा स्थानीयबासीले आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आइपीओ बिक्री छिटोमा साउन १९ गते र ढिलोमा भदौ २ गते बन्द हुने कम्पनीले जनाएको छ ।

कम्पनीको उक्त आइपीओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

इच्छुक आवेदकले धनकुटा हिलेको माछापुच्छ्रे बैंकको शाखा कार्यालय, सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानीमा रहेको नेपाल बङ्गलादेश बैंकको शाखा कार्यालय, जिरि खिम्ती शाखा, म्याङलुङ तेह्रथुमको ग्लोबल आइएमई बैंकको शाखा कार्यालयबाट र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिकाबाछ आवेदन दिन सक्नेछन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment