टाटा मोटर्सले साउन १२ गते नेपालमा नेक्सन इभी सार्वजनिक गर्ने

०४ श्रावण, काठमाडौं । टाटा मोटर्सले साउन १२ गते नेपालमा नेक्सन इभी सार्वजनिक गर्ने । टाटा मोटर्सले नेपालस्थित आफ्नो आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग मार्फत् यही साउन १२ गते नेक्सन इभी पाली बजारमा सार्वजनिक गरी विक्री वितरण खुल्ला गर्ने घोषणा गरेको छ।

कम्पनीले पहिलो चरणमा बुकिङ्ग गरिसकेका केही ग्राहकहरुलाई साउन १२ गते देखि नै र अन्यलाई उक्त गाडी क्रमश विक्री वितरण गरिने जनाएको छ ।

कम्पनीको अनुसार १६६००१५५७७७ नम्बरमा कल गर्ने वा वेबसाइटमा रजिष्टर गर्ने ग्राहकहरुले गाडीको खरिदमा विशेष प्राथमिकता पाउनेछन् ।

अत्याधुनिक जिपट्रोन प्रविधियुक्त नेक्सन इभीको बनावट आकर्षक छ भने यसमा अन्त्यन्त सुरक्षित एवं आरामदायी तवरले यात्रा गर्न सकिन्छ । त्यसैगरी लामो दुरीको यात्रा पनि सहजताका साथ गर्न सकिने नेक्सनको ब्याट्री लामो समय टिक्नुको साथै यसलाई आफ्नै घरमा चार्ज गर्न सकिन्छ।

सन् २०२० को जनवरीबाट भारतमा विक्री वितरण सुरु भएको नेक्सन इभीले छोटो अवधिमानै भारतीय इलेक्ट्रिक गाडीको बजारको ६५ प्रतिशत हिस्सा ओगटेको छ । भारतमा करिब ४५०० भन्दा धेरै परिवारहरुले रुचाएको यस गाडीले आजको मितिसम्म १८ वटा पुरस्कार जितिसकेको छ।

टाटा मोटर्सले नेपालमा इलेक्ट्रिक गाडीको प्रभावकारी संचालनको लागि पूर्ण “ईको सिस्टम” विकास गर्ने लक्ष्य राखेको छ । यसको लागि कम्पनीले उत्कृष्ट इलेक्ट्रिक गाडी ल्याउनुका साथै नेपालमा आकर्षक सेवा प्याकेज, ब्याट्रीको वारेन्टी, विभिन्न स्थानमा चार्जिंङ्ग सुविधाको लागि उच्चस्तरीय डीसी चार्जरको सुविधा प्रदान गर्दै आएको छ ।

कम्पनीको अनुसार नेपालमा नेक्सन ईभी तीनवटा मोडेलमा उपलब्ध हुनेछ । यसको ब्याट्रीमा ८ वर्ष वा एक लाख साठ्ठी हजार किलोमिटर (जुन पहिला आउँछ) र गाडीमा तीन वर्ष वा एक लाख पच्चिस हजार किलोमिटर (जुन पहिला आउँछ) को वारेन्टी दिईनेछ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment