अदालतले तीसलाख जरिजना तोकेपछि फरार रहेका दुई पक्राउ

०४ साउन, काठमाडौं ।नेपाल प्रहरीले रु ३० लाख जरिवाना भएपछि फरार रहेका दुई व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १५÷१५ लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँ टोखाका ४८ वर्षीय मिलन डङ्गोल र ६३ वर्षीय देवनारायण महर्जनलाई पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको फैसलापछि क्रमशः सात दिन र पाँच दिन कैद सजाय र बिगोबमोजिम रु १५ लाख जरिवाना ठहर गरेपछि फरार रहेका डङ्गोल र महर्जनलाई आज टोखा र कलङ्कीबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।


पक्राउ परेका डङ्गोलले नेपाल इन्भेष्टमेन्ट बैंक र महर्जनले माछापुच्छे बैँकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए ।

उच्च अदालतले डङ्गोल र महर्जनलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका दुबैजनालाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताउनुभयो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment